ध्रुवसत्यको ‘कैरन’ मा मिथक शैलीको जादु

काठमाडौं – दन्त्यकथा र लोककथाको शैली प्रयोग गरेर लेखिएको ध्रुवसत्य परियारको कथासंग्रह ‘कैरन’ को राजधानीमा साहित्यकार आहुति, डा. अर्चना थापा र नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल द्धारा लोकार्पण गरिएको छ ।
किंवदन्तीहरूलाई आधार बनाएर मिथक शैलीमा कथालाई प्रस्तुत गरेको बताउँदै थापाले यो अरू लेखकको भन्दा फरक रहेको व्यक्त गरिन् । नेपालमा मिथकबारे त्यति अध्ययन नभएको औंल्याउँदै उनले ‘एकेडेमिक क्षेत्रले मिथकबारे अध्ययन गर्नुपर्ने’ समेत बताईन् ।
सांग्रिला बुक्सले छापेको यो संग्रहमा १२ वटा कथाहरु समावेश गरिएका छन् ।

प्रकाशित : बुधबार, कार्तिक २९, २०७४१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आर्ट काउन्सिलमा १२ औँ सामुहिक चित्रकला प्रदर्शनी जारी