आर्ट काउन्सिलमा १२ औँ सामुहिक चित्रकला प्रदर्शनी जारी

काठमाडौं,

काठमाडौं, स्पेक्ट्रम नामक संस्थाले राजधानीको बबरमहलमा १२ औं सामूहिक चित्रकला प्रदर्शनी जारी गरेको छ । ‘एन ओडीसी अफ आर्ट’ शीर्षक राखिएको उक्त प्रदर्शनी ६ मंसिरसम्म चल्ने छ ।
१४ जना कलाकार सदस्यहरूको सहभागिता छ रहेको प्रदर्शनीमा अनामिका गौतम, विष्णु चौधरी, दलबहादुर राई, दीपक महर्जन, दीपक थामी, इन्द्र खत्री, इन्द्र श्रेष्ठ, इशान परियार, ज्योती प्रकाश, किशोर कनौजिया, महेश आचार्य, नम्रता सिंह, रामकृष्ण थापा (आरके) र सविता डंगोलका चित्रहरु राखिएका छन् ।

प्रदर्शनीमा भण्डै १ सय थान कलाकृति रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपालमा नै पहिलो पटक अष्ट्रिचको अण्डामा गरिएको चित्रकला पनि राखिएको छ ।

प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यवसायी र कलाकार मिले नेपाली कलाको उत्थान गर्न सकिने बताए ।
कार्यक्रममा निरन्तर नेपाली कलाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका वरिष्ठ कलाकार शशीविक्रम शाहलाई सम्मान गरिएको थियो ।

यसअघि पोखरामा स्थानीय र संस्थाका कलाकारहरुले ‘अनेकतामा एकता’ शिर्षक दिएर कला कार्यशाला गरेका थिए । त्यस्तै सिन्धुपाल्चोकमा पनि कला कार्यशाला तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको स्पेक्ट्रम संस्थाका अध्यक्ष इन्द्र श्रेष्ठले जानकारी दिए ।

जारी गरेको छ । ‘एन ओडीसी अफ आर्ट’ शीर्षक राखिएको उक्त प्रदर्शनी ६ मंसिरसम्म चल्ने छ ।

प्रकाशित : सोमबार, मङि्सर ०४, २०७४१२:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहित युवती, कफी र उसको ओठ