आईफोन X मा देखिए यस्ता ४ समस्या, किन्नु अघि जानौ यस्तो कुरा

एप्पलको नयाँ आइफोनएक्सले  बजारमा हलचल मच्चाएको छ । यो फोनको यति धेरै डिमाण्ड रहेको छ कि यूजर्सहरु खालि हात पनि फर्किनु परेको छ । एकातिर बजारमा उक्त फोन नपाएर मानिसहरु फर्किने अवस्था छ भने अर्कोतिर किनी सकेका युजर्सहरुको मोबाइलमा नयाँ समस्या देखिएको छ । उक्त फोनमा विभिन्न समस्याहरु देखिएको युजर्सहरुको भनाई रहेको छ ।

१. ग्रीन लाइन: धेरै यूजर्सहरुले फेसबुक तथा ट्विटर जस्तो सोशल मीडिया चलाउने क्रममा डिस्प्लेमा ग्रीन लाइन आएको भनि गुनासो गरेका छन् । रिपोर्ट अनुसार फोनमा ग्रीन लाइन फोनको लेफ्ट ह्यान्ड साइडमा आईरहेको छ ।

२. GPS मा समस्या: एप्पलमा आएको समस्याहरुमा GPS पनि रहेको छ । GPS ले सहि तरिकाले काम नगरेको र धेरै पटक लोकेशन अन-अफ गर्दा पनि सफ्टवेयरले काम नगरेको पनि गुनासो आएको छ ।

३ स्क्रीन बन्द हुनु: पुरानो जवानामा टिभीलाई बन्द गरेपछि पनि केही समयसम्म स्क्रीन अफ हुदैन थियो । त्यस्तै समस्या अब आईफोन X मा देखिएको छ । म्याक वोर्ल्डको रिपोर्ट अनुसार युजर्सको यो समस्याको पनि गुनासो रहेको पाईएको छ ।

४ चिसोमा नचल्नु: यो कुराको पुष्टि पहिले आईफोन X ले दिसकेको थियो कि धेरै चिसोमा फोनले काम गर्दैन तर यमदपुक्कह नामको एक युजर्सले सबैभन्दा पहिले यो कुराको बारेमा गुनासो राखेका थिएकि फोनले २ देखि ५ डिग्री सेल्सियसमा पनि काम नगरेको बताएका छन् ।

 

प्रकाशित : बुधबार, कार्तिक २९, २०७४१२:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब फेसबुकले हटाउदै छ यस्तो फिचर, नयाँ सुबिधा थप्ने तयारीमा