चीन एलियनसँग सम्पर्क गर्न सक्ने विश्वकै पहिलो देश बन्न सक्ने !

एजेन्सी –  अन्तरिक्षमा सुपरपावर (सर्वशक्तिमान) बन्ने कार्यमा अगाडि बढ्दै गरेको छिमेकी देश चीनले हालै एउटा ठुलो दावा गरेको छ । चीनको भनाई अनुसार यदि उनीहरुले भने जस्तै भयो छिट्टै एलियन (अन्तरिक्ष मानव) सँग सम्पर्क गर्न सफल हुने संसारकै सबैभन्दा पहिलो देश हुने दाबी उसले गरको छ ।

एलियन्ससँग सम्पर्क स्थापित गर्ने काममा निकै नजिक पुगिसकेको चीनले खुलासा गरेको छ । चीनीयाँ वैज्ञानिकहरुका अनुसार कुनै दोस्रो ग्रहमा बस्ने जीवहरुसँग सम्पर्क गर्ने दिशामा आफूहरु द्रुत गतिमा अगाडि बढीरहेको बताएका छन् । जसका लागि चिनले संसारकै सबैभन्दा ठुलो रेडियो डिश बनाएको छ । उक्त डिशले अन्तरिक्षमा गुन्जिने सानो भन्दा सानो आवाज पनि पत्ता लगाउन सक्ने खुबी राख्दछ । उक्त डिश ५०० मीटर एपर्चर भएको गोलाकार टेलीस्कोप हो जुन पोर्टोरिकोमा अमेरिकाको एरिसिबो ऑब्जर्वेटरी भन्दा २ गुना ठुलो रहेको छ । २०१६ मा चीनले अ-आफ्नो नयाँ प्रयोगशाला टिएनगोंग २ को लो-ऑर्बिटमा स्थापित गरेर स्पेस एक्सप्लोरेशनको पावर हाउस बनेको थियो ।

चीनले पछिल्लो हप्ता ग्रेट वाल अफ चाइनाको माथि यूएफओ देख्नुको साथै दर्जनौं संदिग्ध एक्स्ट्राटैरेटेरियल एनकाउंटर्स पनि देखेको दावा गरेको छ । रिपोर्टको अनुसार चीनले अन्तरिक्षको खोज र अन्य आकाशगंगा बाट आउने एलियनको संकेतको पत्ता लगाउनका लागी अरबौ पाउण्ड खर्च गरेर दुनियाको सबैभन्दा ठुलो डिश लगाएको हो ।

प्रकाशित : बुधबार, कार्तिक २९, २०७४१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी १२ बर्षकी बालिका ८५ भाषामा गीत गाएर विश्व कीर्तिमान राख्ने तयारीमा !