एजेन्सी, सुन्दा पनि अचम्म लाग्छ कि १२ बर्षकी बालिकाले ८५ भाषामा गीत गाउन सक्छिन् । भगवानले मानिसलाई अनेक अनेक प्रतिभाका खानी बनाएर पठाएका हुन्छन् जस मध्येकी एक उदाहरण हुन् सूचेता शतिस। उनले ८५ वटा भाषामा गीत गाएर गिनिज बुकमा आफ्नो नाम रेकर्ड राख्न थालेकी छिन्।
सूचेता दुबईमा बस्छिन्। उनी अहिले ७ कक्षामा अध्ययनरत छिन् । उनले अहिले नै सजिलैसंग ८० वटा भाषामा गीत गाउन सक्छिन्। अब उनि ५ वटा भाषा थपेर ८५ वटा भाषामा गीत गाउने तयारीमा छिन्। अहिलेसम्म सबैभन्दा धेरै भाषामा गीत गएर विश्व रेकर्ड राख्नेमा भारतको केसीराजु श्रीनिवास र घाजल श्रीनिवासको नाम रहेको छ । उनीहरुले सन् २००८ मा ७६ वटा भाषामा गीत गाएर विश्व् किर्तिमान कायम राख्न सफल भएका थिए।
डिसेम्बर २९ मा एक कार्यक्रम आयोजना हुन गइरहेको छ। उक्त कार्यक्रममा सूचेता शतिसले ८५ वटा भाषामा गीत गाउने तयारी गरिरहेकी छिन्।