के तपाई घर बनाउदै हुनुन्छ ? मुख्यद्वारको बिषयमा वास्तुशास्त्रको भनाई जान्नुहोस!

मानिसहरुले सामान्यतया लक्ष्मीले सराप दिनु भयो, कृपा गरिनन्, त्यसैले पैसा बचत नभएको, खर्च मात्र भएको, अधिक मिहिनेत पश्चात पनि आर्थिक उन्नति नभएको लगायतका कुराहरु गरिरहेका हुन्छन । यदि परिवारमा शुख-शान्तिको वातावारण बनिरहेको छ भने घरमा लक्ष्मीको निवास रहेको भनेर बुझिन्छ । लक्ष्मीको निवास घरमा हुनका लागी मुख्यद्वारमा वास्तुशास्त्रको भूमिका छुट्टै रहेको छ । वास्तुशास्‍त्र अनुसार घरको भाग्य प्रवेशद्वारमा लेखिएको हुन्छ र त्यसको असर घरमा बस्ने मानिसहरुलाई पर्ने गर्दछ । त्यसैले घर बनाउदा र किन्दा मुख्यद्वारसँग सम्बन्धित केहीकुराहरु ध्यान दिन आवश्यक रहेको छ ।

१) घरको मुख्यद्वार दक्षिण या पश्चिम दिशातर्फ हुनुहुदैन । पुर्व या उत्तर दिशामा मुख्यद्वार हुनु वास्तुको दृष्टिले सबैभन्दा उत्तम मानिन्छ ।

२) यदी कुनै घरमा दुईवटा बाहिरीद्वार रहेको छ भने दुवै गेट एक-अर्को को सामुन्ने छ या छैन भन्ने कुराको ध्यान दिन जरुरी रहेको छ । यदि छ भने जति छिटो धन लाभ हुन्छ त्यतिनै छिटो धन खर्च पनि हुन्छ ।

३) मुख्यद्वार कहिले पनि बीचमा हुनु हुदैन । वास्तुशास्त्र अनुसार जुन पर्खालसँग मेन गेट बनाउन चाहानु हुन्छ उक्त पर्खाललाई नौ भागमा छुट्याउनुहोस । त्य पछि घरमा प्रवेश गर्ने दिशाबाट बायातर्फ पाँच भाग र दायाँतर्फ ३ भाग छोडेर मुख्यद्वार बनाउनुहोस् । यसले प्रवेश ठुलो हुन्छ निकास छोटो हुन्छ । यसो हुनाले धन लाभ धेरै र छिटो हुन्छ भने खर्च कम हुने विश्वास रहेको छ ।

४) मुख्यद्वारको अगाडि मन्दिर, वृक्ष, कुवा, स्तम्भ हुनु हुदैन । यसलाई ‘वास्तु वेध’ भनिन्छ जसले लक्ष्मीको प्रवेशमा बाधा पुर्याउने काम गर्दछ । वास्तुशास्‍त्रको अनुसार भवनको उचाईबाट २ गुणा टाढासम्म यस्ता वस्तु हुनुहुदैन । यी वस्तु अगाडि भए वास्तु-वेधले काम नगर्ने बताईएको छ ।

 

प्रकाशित : बुधबार, कार्तिक २९, २०७४१७:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आखिर किन शिवलिंगमा बेसार चढाउन हुदैन ? यस्तो छ कारण!