एजेन्सी, भारतको राजधानी दिल्लीमा एक युवतीले आत्महत्या गरेकी छिन् । उनले आत्महत्या गर्नुको मुख्य कारण उनले लेखेको सुसाइड नोटमार्फत खुलेको छ। विवाह भएको ४ वर्षसम्म पनि आफ्नो श्रीमानले आफुलाई नछोएको र राम्रोसँग नबोलेपछि आफु आत्महत्या गर्न बाध्य भएको सुसाइड नोटमार्फत खुलासा भएको छ।
उत्तरी दिल्लीकी मृतक निधि बंसल आफ्ना श्रीमान अतुल बंसलसँग बस्थिन् । २०१३ डिसेम्बर ४ मा उनीहरुको विवाह भएको थियो । पारिवारिक स्रोतका अनुसार उनीहरु बारम्बार झगडा भैरहने र विहे भएदेखि अहिलेसम्म एउटै कोठामा समेत नबसेको बताए। यो घटनापछि घरेलु हिंसाको कारण उनले आत्महत्या गरेको खुलासा भएको हो । विवाहअघि आफुलाई घरपरिवारले वास्ता नगरेको र आफ्नै श्रीमानले पनि विहे गरेको ४ वर्षसम्म आफुलाई नछोएको कुरा निधिले सुसाइड नोटमा लेखेकी छिन्। उनले अब आफु मरेपछि पनि आफ्नो शव कसैले नछुनु भन्दै उनले भावुक नोट लेखेकी थिइन् ।
शुक्रबार साँझ करिब साढे ७ बजेतिर निधि आफ्नो कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । साथै घटनास्थलबाट निधिको सुसाइट नोट प्रहरीले भेट्टाएका थिए। शवको पोष्टमार्टम गरेर निधिको शवलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ ।