जाडाे शुरू भयाे चिसोबाट यसरी जोगाउनुस् छाला

  • देशैभरि चिसो बढ्ने क्रममा छ । चिसोले मानिसलाई रुघाखोकी, निमोनियाजस्ता विभिन्न समस्या निम्त्याएझैँ छालालाई पनि प्रत्यक्ष असर गर्छ । चिसोले छालालाई असर गरेसँगै मानिसको सौन्दर्यमा कमी हुँदै जान्छ । त्यसैले गर्मीलाई बिदाइ गरेसँगै आउने मौसम चिसोबाट बच्न विशेष ख्याल गर्नुपर्छ । जाडो मौसममा छाला रुखो, सुक्खा तथा फुस्रो हुन्छ । यस्तो वेला छालालाई सुन्दर, चम्किलो एवं मुलायम राख्न राम्रोसँग हेरचाह गर्नुपर्छ ।
  • जाडो महिनामा छालामा हुने प्रमुख समस्या भनेको छाला सुक्खा हुनु हो । सुरुदेखि नै ख्याल गर्न सके छालालाई मुलायम बनाइराख्न सकिन्छ । व्यक्तिअनुसार छालाको प्रकार फरक हुने भएकाले आफ्नो छालाको अवस्था वा प्रकार बुझेर यसको सुरक्षामा ध्यान दिनुपर्छ । कसैको धरै सुक्खा हुने र धेरै स्याहार गर्नुपर्ने हुन्छ भने कसैको छाला सामान्य मात्र सुक्खा हुन्छ ।
  • जाडो मौसममा धेरैजसोको ओठ फुट्छ । यसको समाधानका लागि बजारमा पाइने लिपगार्ड, लिपबाम तथा लिपजेल लगाउनुपर्छ । यसले ओठ नरम बनाउँछ । साथै घरेलु उपायबाट पनि ओठ फुट्नबाट जोगाउन सकिन्छ ।
  • चिसोले गर्दा अनुहारमा फुस्रो र सेतो दागजस्तो देखिने समस्या पनि आउँछ । छालामा सुक्खापन देखा पर्नासाथ दिनको २–३ पटक मोस्चराइजर लगाउनुपर्छ ।
  • कसैको हातखुट्टा फुस्रो हुन्छ भने कसैको शरीर सुक्खा हुने र चिलाउने हुन्छ । यस्तोमा मोस्चराइजरयुक्त बडीलोसन लगाउनुपर्छ । जाडो महिनामा पानी पिउन अल्छी मान्छन्, धेरै । यो बानी सुधार्न जरुरी छ । पानी एकदम धेरै पिउनुपर्छ । शरीरमा पर्याप्त पानी भयो भने पनि शरीर धेरै सुक्खा हुँदैन । तर, पानी पिउँदा हल्का मनतातो गराउन जरुरी छ ।
  • जाडोमा चिसो हावाले अनुहारको भाग तथा हातखुट्टाको छाला फुट्छ र सुक्खा पनि हुन्छ । त्यसैले यो मौसममा अनुहारका साथै हातखुट्टामा पनि विशेष ध्यान दिनुपर्र्छ । हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोस्चराइजर वा लोसन लगाउँदा पनि निकै फाइदा हुन्छ । नयाँ पत्रिकाबाट
प्रकाशित : आइतबार, कार्तिक २६, २०७४०९:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रीमतीका कुरा सुन्नुहोस् यस्ता हुन्छन् फाइदा