३ देखि १० वर्षको उमेरका लागी बनाईएको संसारकै बुद्धिमानी ल्यापटपको विशेषता यस्तो छ !

एजेन्सी, प्रबिधिको विकाससँगै अहिले हरेकको हातमा मोबाइल, ल्यापटप  देखिन्छ । आजकल पठन-पाठन हरेक कुरा प्रबिधि मार्फत हुन थालि सकेको छ । यस्तै प्रबिधिले बच्चाहरुको लागि दुनियाको सबै-भन्दा बुद्धिमान ल्यापटप बनाएको छ । यसको विशेषता भनेको यो केवल ३ वर्ष देखि १० वर्षसम्मको उमेर भएको बच्चाहरुलाई मध्यनजर गरेर बनाइएको छ । यो ल्यापटपको विशेषता भनेकै यसमा गणित बुझ्नको लागि खासै टाउको दुखाई रहन पर्दैन ।

यदि तपाई गणितको प्रश्नलाई सजिलै हल गर्न चाहानु हुन्छ भने टोयशाइन एजुकेशनल किड्स लर्निङ्ग ल्यापटप किन्नुहोस । यसलाई ३ देखि १० वर्षको उमेर भएको बच्चाहरुको लागी डिजाइन गरिएको छ । यसमा जम्मा २५ एजुकेशनल एक्टिविटीज समावेश गरिएको छ । अक्षर, शब्द, अंक, गणित, म्यूजिक, मेमोरी शपिंग, रेगुलर गेम्स, लजिक गेम्स र अन्य धेरै सिक्ने माध्यमहरु दिइएको छ । गेम्स र एक्टिविटीजको मज्जा लिनको लागी माउस पनि साथमा दिईएको छ ।

शानदार एनिमेशन र गजबको साउण्ड इफेक्ट यो ल्यापटपको विशेषता रहेको छ । यो ल्यापटपमा अंग्रेजी र गणितलाई बुझ्न निकै नै सजिलो हुन्छ । यसको मूल्य करिव १,१९९ रुपैया रहेको छ । यसलाई अमोजनमा किन्न सकिन्छ ।

 

प्रकाशित : शुक्रबार, कार्तिक २४, २०७४१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आईफोन X मा देखिए यस्ता ४ समस्या, किन्नु अघि जानौ यस्तो कुरा