गाडीभाडा पत्ता लगाउने एन्ड्रोइड एप

काठमाडौँ, उपत्यकाका जुनसुकै स्थानबीचको ट्याक्सी भाडा र सार्वजनिक यातायातका सवारिसाधनको भाडादर एपमार्फत सजिलै पत्ता लगाउन सकिने भएको छ । ‘फेयर फाइन्डर नेपाल’ नामक एन्ड्रोइड एप मार्फत जुनसुकै स्थानबीच सरकारले निर्धारण गरेबमोजिमको भाडादर पत्ता लगाउन सकिन्छ ।

यस एप मार्फत दिन र रात दुबै समयको ट्याक्सि भाडादर, सार्वजनिक यातायातको भाडादर, लामो दूरीका यातायातको भाडादर र बिभिन्न हवाइसेवा कम्पनीको उडानको भाडादर समेतको जानकारी लिन सकिन्छ । एपले कुनै दुई स्थानबीचको बाटो र दूरी पनी पत्ता लगाउन सकिन्छ ।

एपले अनलाईन र अफलाइन दुबै माध्यममा काम गर्ने तर अफलाइन प्रयोगकर्ताले भने सीमित स्थानको मात्रै भाडादर बारे जानकारी पाउने छन् । अनलाइन प्रयोगकर्ताले भने काठमाण्डौ, भक्तपुर र ललितपुरका जुनसुकै स्थानबिचको भाडादरबारे जानकारी लिन सक्नेछन् । लामो दुरीका सवारिसाधनको भाडादर पनि अफलाइननै प्राप्त गर्न सकिन्छ ।

हवाई सेवाको हकमा भने एपमार्फत नेपाल एयरलाईन्स, बुध्द एयर र सिम्रिक एयर गरि तिन हवाई सेवा कम्पनिको भाडादर पनि अफलाइननै थाहा पाउन सकिन्छ । एप काठमाण्डौ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बनाएका हुन । एप एन्ड्रोइड फोनका लागि मात्र उपलब्ध छ र गुगल प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित : बिहिबार, कार्तिक २३, २०७४२३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३ देखि १० वर्षको उमेरका लागी बनाईएको संसारकै बुद्धिमानी ल्यापटपको विशेषता यस्तो छ !