ट्विटर युजर्सहरुको लागी खुसीको खबर, यस्तो छ नयाँ अपडेट

एजेन्सी, शोसल मिडियामा सर्वाधिक रुपमा प्रयोग गरिने ट्विटरले अब आफ्नो यूजर्सहरुको लागी नयाँ अपडेट ल्याएको छ । यूजर्सहरुले पहिले १४० शब्दमा मात्र  ट्वीट गर्न पाउथे भने अब नयाँ अपडेट पछि २८० शब्दमा ट्वीट गर्न सक्ने छन् । लामो समय देखि ट्विटरको प्रयोग धेरै भएको तर यसमा क्यारेक्टरहरु किन कम भनेर ट्विटरलाई धेरैले प्रश्न गरेका र आफ्नो यूजर्सको जिज्ञासालाई मध्यनजर गरेर ट्विटरले अहिले १४० बाट २८० सम्मको क्यारेक्टर प्रयोग गरी ट्वीट गर्न सकिने सुविधा ल्याएको छ ।

कम्पनीका अनुसार अंग्रेजी भाषामा ९ प्रतिशत ट्वीट १४० क्यारेक्टरमा लेखिने गरिन्छ । जसले गर्दा यूजर्स १४० शब्दमा आफ्नो ट्विट पुरा गर्न सक्दैनन् । ट्विटरको नयाँ अपडेटमा अब यूजरहरुले आफ्नो ट्विट बढाएर लेख्न पाउने भएका छन् । ट्विटरले क्यारेक्टर मात्र नभईकन अरु पनि परिवर्तन गरेको छ । जसले यूजर्सलाई ट्वीट गर्न अझै सजिलो बनाइदिएको छ । मल्टी पार्ट ट्विट, टेक्स्ट ब्लँकको स्क्रीनसट  जस्ता ट्वीट्स पनि समावेश गरिएको छ । पहिले यूजर्सले ट्वीट गर्दा क्यारेक्टरहरु गनिन्थियो भने अब टेक्स्टको मुनि एक सर्कल बनेर आउने भएको छ । जब ट्वीट् गर्दा तपाईको २८० क्यारेक्टर पुरा हुन्छ तब त्यो सर्कल डार्क हुनेछ । ल्यापटप या कम्यूटरको युजर्स मात्र नभईकन मोबाईल यूजर्स पनि १४० क्यारेक्टर भन्दा धेरै लेख्न सक्ने कम्पनीले बताएका छन् ।

 

प्रकाशित : बुधबार, कार्तिक २२, २०७४१९:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गाडीभाडा पत्ता लगाउने एन्ड्रोइड एप