स्टेफेन ह्याकिङको मृत्यु अगाडीको भविस्यवाणी, छिटै मानव जातीको अस्तित्व मेटिने!

एजेन्सी, ब्रिटेनको प्रख्यात भैतिक वैज्ञानिक स्टेफेन ह्याकिङले एक पटक फेरि मानव जातीलाई चेतावनी दिएका छन् । वैज्ञानिक स्टेफेन ह्याकिङका अनुसार मानव जातीले आफ्नो अस्तित्व बचाइराख्नका लागी छिटै नै अर्को धर्ती या प्लानेट खोज्नु पर्ने बताएका छन् । वायर म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा ७५ वर्ष पुगेका स्टेफेन ह्याकिङले भन्नु भयो “विश्वले अत्यधिक पर्यावरणीय एवं प्रविधिहरु चुनौतीहरुको सामना गरिरहेको छ । अब मानवताको रक्षाको लागी सबैजना एक जुट भएर काम गर्नुपर्ने बेला आईसकेको छ ।”

साथै मानव जातीसँग आफ्नो ग्रह पृथ्वीलाई नष्ट गर्नलाई प्रविधिहरु त रहेका छन् तर यसबाट बच्न सक्ने क्षमता भने अहिलेसम्म विकास भएको छैन । शायद अबको १०० वर्षमा हामि ताराहरुको माझ मानव बस्ति बसाउन सफल हुन्छौ होला । हाल भने हामीसँग एउटामात्र ग्रह छ र यसलाई बचाउनका लागी हामी सबैले एकजुट भएर लागी  पर्न आवश्यक रहेको बताएका छन् ।

आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिमत्ता यानी “रोबोट” पृथ्वीमा मानव जातीको बिनासको कारण बन्ने छ । साथै आर्टिफिशियल इन्टेलिजेन्सले मानव जातीलाई धर्ती छोड्न बाध्य बनाउने छ । यस्तो अवस्था अब छिटै नै आउने भएकोले मानव जातिले अब अर्को ग्रहमा आफ्नो बसोबास खोज्नका लागि लागी पर्नु पर्ने सुझाव पनि दिएका छन् ।

प्रकाशित : बुधबार, कार्तिक २२, २०७४१८:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ट्विटर युजर्सहरुको लागी खुसीको खबर, यस्तो छ नयाँ अपडेट