के तपाई राती सुत्नुअघि पानी पिउनु हुन्छ? त्यसो भए यी ४ रोगको सिकार बन्न सकिने!

हामिलाई बाच्नका लागि जति खाना आवश्यक हुन्छ त्यो भन्दा धेरै पानीको आवश्यक हुन्छ । हामि दिनभरि आफ्नो काममा दौडधुप गरिरहेका हुन्छौ । त्यसैले हाम्रो शरीर दिनमा धेरै सक्रिय हुन्छ भने रातमा आराम गर्ने भएकोले शरीर कम सक्रिय हुने गर्दछ । सामान्यतया हामि सुत्नुअघि पानी खाने गर्दछौ । तर रातमा अधिक मात्रामा पानी पिउनाले हाम्रो शरीरलाई असर पुर्याउने गर्दछ । सुत्ने समयमा अधिक पानी पिउदा के-के समस्याहरु आउन सक्छन् जानी राखौ ।

१) निन्द्रा लाग्दैन: सुत्नुअघि अधिक पानी पिउदा समय-समयमा पिसाब लागि रहने गर्दछ । यसले तपाइको निन्द्रा बिगार्छ।   त्यसैले सुत्नु भन्दा १ घण्टा अघि पानि पिउदा स्वास्थ्यलाई राम्रो हुने डाक्टरहरुको भनाई रहेको छ ।

२) किड्नीमा नराम्रो असर: सुत्नु भन्दाअघि अधिक मात्रामा पानी पिउनाले हाम्रो किड्नीमा नराम्रो असर पर्दछ । सुत्ने समयमा शरीरको सक्रियता कम रहने भएकोले धेरै पानी पिउनाले शरीरलाई नकारात्मक असर पर्ने गर्दछ ।

३) ब्लेडरमा असर: दिनभर दौडधुपका कारणले ब्लेडर आफ्नो साइजमा बस्न पाएको हुदैन । तर सुत्ने समयमा ब्लेडर आफ्नो प्राकृतिक अवस्थामा बस्ने गर्दछ । त्यसैले रातमा धेरै पानी पिएपछि पिसाब धेरै लाग्ने हुन्छ । धेरै जसो मानिस पिसाब लाग्दा पनि सुतेको समयमा अल्छि गरेर रोकेर सुत्ने गर्दछन् । यस्तो बानिले ब्लेडरमा असर पर्ने भएकोले अधिक मात्रामा पिउन मनाही गरिएको छ ।

४) सोडियम लेवेल शरीरमा कम: सुत्नु भन्दा अघि अधिक मात्रा  पानी  पिउदा शरीरमा सोडियम लेवेलको कमि हुन्छ र यसले  दिमागको नर्वस सिस्टममा घातक असर पुर्याउदछ ।

 

प्रकाशित : बुधबार, कार्तिक २२, २०७४१८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समुन्द्र शास्त्रअनुसार यस्ता नाक हुने युवती निकै रोमान्टिक र भाग्यमानी हुने !