के तपाई दिनभर थकान महसुस गर्नुहुन्छ? यी ४ रोगबारे थाहा पाउनुस नत्र हुनेछ यस्तो खतरा !

सामान्यतया दिनभर काम गर्दा जोकोहीलाई पनि थकान हुने गर्छ । तर बिना काम पनि थकित महसुस गर्नु हुन्छ भने चाही यो कुनै रोगको लक्षण हुन सक्छ । यदि तपाई छिट्टै थकान महसुस् गर्नु हुन्छ र  दिनभर आलस-तालास हुनु हुन्छ भने यो कुनै कामले गर्दा नभईकन कुनै रोग लाग्न लागेको संकेत भनेर बुझ्न जरुरी रहेको छ ।

१) डिप्रेशन: घर या अफिसमा काम गर्दा-गर्दै छिटै थाक्नुहुन्छ भने तपाईलाई डिप्रेशनको शिकार भएको भन्न पनि बुझ्न सकिन्छ । र डिप्रेशन सानो तिनो रोग नभई एक गम्भीर रोग हो । यसको कारणले सुत्न, खान, सोच्ने-सम्झन सक्ने क्षमता कम हुदै जान्छ। समयमै उपचार नगरे यसले लामो समयसम्म हताशा, आलस्य, थकान महसुस गराईरहन्छ । साथै डिप्रेशनले शरीरको ऊर्जा पनि कम गर्ने गर्दछ ।

२) एनीमिया: सन्तुलित आहारा नखादा शरीरमा आवश्यक पोषक तत्व  कम हुन्छ र  शरीरमा आइरनको कमी भई एनीमिया रोग उत्पन्न हुन्छ। र शरीरले अधिक रुपमा थकान महसुस गर्ने गर्दछ । हल्का हिडडुल गर्दा र भर्याङ उक्लदा-ओर्लदा पनि निकै थकान महसुस हुने गर्दछ ।

३) डायबिटीज: जति खेर पनि थकान महसुस हुनु, धेरै तिर्खा लाग्नु, पटक-पटक पिसाब लाग्नु, भोक धेरै लाग्नु, मधुरो देख्नु जस्ता लक्षण डायबिटीजको लक्षण हो । हरेक वर्ष कैयौ मानिस टाइप-२ डायबिटीजको शिकार हुने गर्दछन् । तर उनीहरुलाई यो लोग लागेको छ भन्ने थाहा नै हुदैन । त्यसैले डाक्टरहरु यस्तो लक्षण देखिन साथ हेलचेक्र्याइँ नगरि जचाउन सल्लाह दिन्छन्  ।

४) स्लीप एप्नीय: पुरै दिन थकान महसुस भईरहने, निन्द्र पुरा नहुने, निन्द्रा नलाग्नु जस्ता समस्यालाई हामी खासै ध्यान दिदैनौ तर यस्तो लक्षण स्लीप एप्नीया रोगको हो । यो रोग लागेपछि निदाएको समयमा शास फेर्न समस्या हुने, घुर्ने, निन्द्रामा झस्किने जस्ता समस्या देखा पर्छन् । यो रोगलाई समयमा पहिचान गरी यसको उपचार नगरेमा हृदय सम्बन्धि रोग लाग्ने, हाई ब्लड प्रेशर र  स्ट्रोक जस्ता रोगहरु लाग्न सक्छ ।

तपाईको शरीरले सधै थकान महसुस गर्छ भने सामान्यतया यसको कारण तनाव-डिप्रेशन, रगतको कमी, शरीरमा पोषक तत्वोको कमी, बीपी, शूगरको समस्याको कारण, पर्याप्त नसुतेको कारणले गर्दा पनि हुन सक्छ ।
आलस्य र थकानबाट मुक्त हुनका लागि नियमित व्यायाम, तरल पदार्थको धेरै सेवन, पर्याप्त पौष्टिक आहारले यी रोगबाट मुक्त हुन सकिन्छ । यदी  यसो गर्दा-गर्दै पनि निको नभए चिकित्सकको सल्लाह लिनु पर्दछ ।

 

प्रकाशित : मङ्गलबार, कार्तिक २१, २०७४१५:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हाईट (उचाई) नबढेर तनावमा हुनुहुन्छ, आजै अपनाउनुस् यस्तो घरेलु उपाए !