खुल्यो राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट बन्द गर्ने व्यक्ति!

एजेन्सी, गत बिहिबारको दिन एक अनौठो घटना घटेको छ । अमरीकाको राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर एकाउन्ट अचानक बन्द भएको थियो । राष्ट्रपति ट्रम्पको एकाउन्ट बन्द हुने बित्तिकै सामाजिक मिडियामा हलचल मचेको थियो । कतिपयले सायद ट्रम्पको एकाउन्ट ह्याक भयो भन्ठाने भने कतिपयले सायद गल्तीले भएको होला भने । राष्ट्रपतिकै एकाउन्ट कसले बन्द गर्यो भनि अनुसन्धान गर्दा ट्विटरको नाम नखुलाएको एक कर्मचारीले आफ्नो जागिरको अन्तिम दिनमा ट्रम्पको एकाउन्ट बन्द गर्दिएका थिए ।

राष्ट्रपतिको एकाउन्ट बन्द गरेर उक्त कर्मचारीले आफ्नो जागिरको अन्तिम दिन विश्वभरि यादगार बनाएका छन् । डोनाल्ड ट्रम्पको एकाउन्ट करिब ११ मिनेट बन्द भएको  थियो त्यसपछि भने ति युवकले ट्विटर एकाउन्ट खोलिदिएका थियो । इतिहासमा पहिलो पटकको यस्तो हर्कतले राष्ट्रपति ट्रम्पलाई नै चकित बनाएको छ ।

प्रकाशित : सोमबार, कार्तिक २०, २०७४१३:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो अनौठो मानिस जसले आइफोन एक्स किन्नकै लागि अपनाए यस्तो उपाए !