एजेन्सी – हाम्रो व्यस्त जीवनशैली को कारणले हामी धेरै बाहिरको खाने कुरा खान रुचाउने गर्छौ वा घरमा भएको खाने कुरालाई पुन २ पल्ट तताएर खाने गर्छौ । तर पकाई सकेको खानालाई फेरी पुन २ पल्ट तताएर खानाले हाम्रो स्वस्थालाई हानीकारक हुन् सक्छ ।
हामीले कुन-कुन खाने कुराहरु तताएर खादा हाम्रो स्वास्थ्यलै हानी हुन्छ त ?:
१. आलु : आलुमा हामी धेरै पोषण तत्वहरु पाउन सक्छौ तर यदि हामीले आलुलाई २ पटक तताएर खाने गर्नाले यसबाट पोषण तत्वहरु नास भएर जाने गर्छ। यसले हाम्रो स्वास्थमा पनि असर गर्ने सक्छ।
२. साग : पालुंगोको सागमा थुप्रै पोषण तत्वहरु हुने गर्छ । तर यसलाई दोहोर्याएर तताएमा यसको पोषण तत्वहरु नास हुनसक्छ।
३. मासु : मासुजन्य खानेकुराहरुलाई पुन: तताएर खानाले यो बिष पनि बन्न सक्दछ जसको कारणले मानव शरीरलाई असर पुर्याउछ।
४. च्याउ : च्याउ जस्तै अन्य खाने कुराहरु पुन: तताएर खाने गर्नाले स्वस्थालाई हानी पुर्याउन सक्छ। त्यसैले यस्तो खाने कुराहरुलाई पुन: तताएर खाने नगर्नुहोस ।