धेरै पढे धेरै बाचिने, यस्तो भन्छ वैज्ञानिक अनुसन्धान…

एजेन्सी – धेरै पढेर धेरै बाच्ने, यो कुरा १०० प्रतिशत सही साबित भएको छ  । एडिनबर्ग विश्वविद्यालयको अनुसन्धानका  अनुसार,”लामो समयसम्म अध्ययन गर्ने मानिसको आयु लामो हुने सम्भावना हुने गर्छ ।”

एडिनबर्ग विश्वविद्यालयको वैज्ञानिकहरुले यो अध्यन ६ लाख  भन्दा बढी मानिसहरुमा गरेका हुन्। यस अध्यनअनुसार धेरै पढाई गर्नेको आयु लामो हुने गर्छ र उनीहरु स्वस्थ हुने गर्छन । रिपोर्टको अनुसार जुन मानिसहरुको तौल बढी हुन्छ उनीहरुको आयु कम हुदै जान्छ।

 यदि मानिसको तौल एक किलो बढ्छ भने उनीहरुको आयु दुई महिना कम हुने गर्छ । अनुसन्धानको अनुसार मानिसहरुको जीवनशैलीको कारणले पनि उनीहरुको आयुमा असर पर्ने गर्दछ। मदिरापान , चुरोट र यस्तै अन्य लागुपदार्थहरु सेवन गर्नाले मानिसहरुको आयु दिन प्रति दिन घट्दै जान्छ।

 

प्रकाशित : सोमबार, कार्तिक १३, २०७४१६:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सावधान! तपाईको लागि स्मार्टफोन हुनसक्छ घातक, यस कोडबाट जानीराखौ!