एजेन्सी – अफ्रिकी मुलुक केन्याका एक २० वर्षे युवक इन्तु न चिन्तु बने जब उनको यौनांग बढेर ३ फिट लामो बन्यो ।
होरेस ओविटी ओपियो यस्तो रोगबाट ग्रस्त बनेकि उनको लिंग भटाभट लामो हुन थाल्यो । मूख्य यौनांग लामो हुनेमात्र कहाँ हो र ? उनका अण्डकोष पनि फर्सीझैं बढ्न थाले । ह्ँदा हुँदा अण्डकोष नै ५ किलोका भए । ३ फिटको लिंग र ५ किलोका अण्डकोष भएपछि उनको जीवन निकै नै कष्टप्रद बन्यो । उनका अनुसार, १० वर्षको उमेरमा उनको यौनांग सुन्निन थालेको थियो । सुरुमा उनले लामखुट्टेको टोकाइबाट यस्तो भएको होला भन्ने सोचेका थिए । तर जब लगातार यौनांग बढ्न थाल्यो तब चिन्ता थपियो ।
उनको यस्तो महालिंगी स्वरुपका विषयमा सोसल मिडियामा खबर भाइरल बन्यो । जसका कारण उनलाई एकजना स्थानीय डाक्टरको सहयोग प्राप्त भयो । त्यसपछि डाक्टरले उनको शल्यक्रिया गर्ने निधो गरे । अन्ततः उनको शल्यक्रिया भयो र उनको जीवन नै बदलिएको छ ।
डाक्टरहरुका अनुसार, उनलाई हामी धेरैले सुनेकै रोग लागेको रहेछ । वास्तवमा उनलाई हात्तीपाइले रोगका कारण यस्तो भएको रहेछ । सोही कारण उनको यौनांग सामान्यभन्दा २० गुणा ठूलो भएको रहेछ । यो रोग लामखुट्टेको टोकाइबाट सर्दछ ।