११ वर्षका बच्चाको वजन २०० किलो भन्दा माथि: कसरी भयो यस्तो ?

एजेन्सी – तपाईहरुलाई यो कुरा सुनेर विश्वास लाग्दैन होला कि, ११  वर्षको उमेरमा एउटा बच्चाको वजन करिव २०० कि.ग्राम हुन सक्छ। अझ अचम्मको कुरा त के छ भने यस बच्चालाई धेरै खुवाउन पर्ने कारणले गर्दा परिवार नै गरिब भइसकेको छ ।

यी बालक इंडोनेशियाका हुन्। यिनको नाम आयरा सोमात्री हो । यिनले दिनमा मात्रै नभई रातको समयमा पनि कयौ पल्ट खान खाने गर्छ । यति मात्र नभई यो बच्चाले एक पल्टमा ५ जना मानिसहरुले खाने खाना बराबरको खान खाने गर्छन  । जसका कारण उनको वजन लगभग एउटा हात्तीको बराबर भइसकेको छ ।

खबरका अनुसार , यदि आयरा एक ठाउँमा बस्छन भने उनलाई उठाउन धेरै कठिन हुने गर्छ। हालै आयराको आमा बुवाले उनलाई डाइटिंग गराईरहेका छन्, त्यसैले अहिले उनको वजन करिब १९१ किलो भएको छ।  तर अहिले पनि आयराले एक दिनमा करिब ५ किलो भात एक्लै खाने गर्छन ।

भोक लागेका समयमा आयरा ठुलो ठुलो सोरले कराउने गर्छन, जसको कारण उनलाई केहि-न-केहि खाने कुराहरु दिनु पर्दछ । यस बच्चाको लागि अब भने कपडा पनि पाउन निकै कठिन भइसकेको छ । मोटो भएको कारणले गर्दा आयरा विद्यालय पनि जादैनन्।

आयराको यस्तो रुपलाई देखेर डाक्टर पनि हैरान परेका छन् । डाक्टरका अनुसार आयराले यति धेरै खाने बानीको कारणले गर्दा नै उनको कुनै समय पनि मृत्यु  हुन सक्छ । आयरा आफ्नो बड्दो वजनको कारणले केहि पनि काम आफै गर्न सक्दैनन्उ।  उनलाई सहाराको आवस्यक पर्ने गर्छ ।

आयराको धेरै खाने बानीले उनका आमा बुवा पनि हैरान भैसकेका छन्। उनको आम्दानीले पनि आयराको माग पुरा गर्न समेत निकै धउ-धउ पर्ने गर्छ ।

प्रकाशित : शनिबार, कार्तिक ११, २०७४१८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो हो संसारकै सबैभन्दा ठुलो कुकुर, जसको आकार सुनेर तपाई पर्नुहुनेछ अचम्ममा