आत्महत्या गर्न लागेकी एक युवतीको ज्यान यसरी बचायो गुगलले, जान्नुहोस कसरी भयो यस्तो

एजेन्सी, प्रविधिको विकाससंगै यसले फाईदा पनि दिएको छ र बेफाइदा पनि । तर एउटा घटनाले प्रबिधि फाईदाजनक छ भन्ने कुरा सोच्न बाध्य बनाएको छ । २१ औ शताब्दीका युवा-युवतीहरु प्राय आफ्नो फोनमा ब्यस्त देखिन्छन् । आज भोलि यतिसम्म हुन थालिसक्यो कि सानो भन्दा सानो कुरापनि इन्टरनेटमा खोज्ने चलन रहेको छ । यस्तै भारतमा एक २४ वर्षीय युवतीको ज्यान गुगलले बचाएको छ ।

भारतको सहारनपुरमा बस्ने युवती आफ्नो प्रेमिले धोका दिएर अर्कैसँग विवाह गर्न लागेको हुनाले सहारनपुरबाट ४ किलोमिटर टाढा यमुना नहरमा हामफाल्न जान लागेकी थिइन् ।

तर उनि निकै नर्भस भएकी थिइन्। topyaps.com रिपोर्टको अनुसार उनले गुगलमा गई “आमहत्या कसरी गर्ने भनेर” सर्च गरिन् । उनले सर्च गरेको केहि समयमा नै गुगलले सुसाइड हेल्पलाइनको नम्बर उक्त युवतीलाई पठाईदियो । नम्बर प्राप्त भएपछि युवतीले उक्त नम्बरमा कल गरिन र मैले यो सर्च गर्दा गुगलले यो नम्बर दियो भनिन । आखिरमा त्यो नम्बर डीआईजीको रहेछ । डीआईजीले युवतीलाई बोलाएर वृतान्त सुनी उनलाई काउन्सिलिङ गरेपछि युवतीले अब यस्तो नगर्ने भनिन् । यसरी गुगलले उक्त युवतीको ज्यान बचाएको छ ।

प्रकाशित : शुक्रबार, कार्तिक १०, २०७४१२:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘सेक्स रोग’ फैलाउने भनिएको यो किराको बैज्ञानिक तथ्य बाहिरियो