‘सेक्स रोग’ फैलाउने भनिएको यो किराको बैज्ञानिक तथ्य बाहिरियो

एजेन्सी, केहि समय अघिदेखि ब्रिटिश शहरमा एक नयाँ प्रजातिको किराले आतंक मच्चाईरहेको छ । उक्त किरा शहरको घर-घरमा, बगैंचाहरुमा पाईएको छ  । अचम्म लाग्दो कुरा के छ भने उक्त किराले सेक्सुअली ट्रान्समिटेड डिसीज (STD) यौन रोग फैलाईरहेको हल्ला चलेको छ । यो कुरा पुरै ब्रिटेन भरि फैलिएको हुनाले ब्रिटेनको माहोल अहिले त्रसित भएको छ । किराको डरले मानिसहरु आफ्नो घरबाट बाहिर निस्केका छैनन् । यो समस्याले अहिले सोशल मिडियामा पनि हलचल मच्चाएको छ ।

ब्रिटेनका जनताहरुको अवस्था यति नाजुक स्थितिमा पुगेको छ कि उनीहरुले सोशल मीडियामा किराको भिडियो अपलोड गर्दै अनेक प्रश्नहरु सोध्ने गरेका छन् । सबैभन्दा धेरै मानिसहरुले  “के यो किराले टोक्यो भने अरुलाई लागेको रोग सर्छ ?” भनि प्रश्न गरेका छन् । अब ब्रिटेनका मानिसहरुको अवस्था कस्तो होला भनि हामी आफैले पनि अन्दाज गर्न सकिन्छ ।

सोशल मीडियामा देखाईएको फुटेजमा  जुन किरा देखाईदै छ वास्तवमा त्यो “हारलेक्विन लेडीबर्ड्स (Harlequin ladybirds)” हो । यो किराको पखेटामा रातो रंग नभईकन कालो रहेको छ जुन एशियाबाट नर्थ अमेरिकामा आइरहेको छ । उक्त किराहरुले यौन रोग फैलाउने कुरा बैज्ञानिकहरुसम्म पुगे पश्चात उनीहरुले त्यसको परिक्षण गरि उक्त किराले यौन जन्य रोग सार्न सक्षम नभएको बताएका छन् । यो किराले “ल्याबुलबेनेलियस” नामक फंगस चाहि मानव शरीरमा पुर्याउन सक्ने तर त्यसले कुनै पनि असर नपार्ने सूचना बैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । एक रिपोर्टको अनुसार मानवलाई यस किराबाट कुनै खतरा नरहेको खुलासा पनि  भएको छ ।

 

प्रकाशित : शुक्रबार, कार्तिक १०, २०७४१२:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३,००० वर्षमा एक पटक मात्र देखिने यो फुलको धार्मिक र वैज्ञानिक तथ्य यस्तो छ: