पूर्वराजदुत उपाध्यायद्वारा ‘छाइदेउ ए हजुर मनमा’ सार्वजनिक

काठमाडौंँ, ८ कात्तिक – नायिका जेनी कुँवरको ‘छाइदेउ ए हजुर मनमा’बोलको गीतको भिडियो मङ्गलबार सार्वजनिक गरिएको छ ।

पूर्वमन्त्री दीपकुमार उपाध्यायले उक्त गीतको विमोचन गर्नुभयो । कुँवरको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियो निर्देशन समन अधिकारी र छायाङ्कन दीपेन्द्र थपलियाले गर्नुभएको हो । कुँवरको अभिनय रहेको गीतको भिडियो लोकेश वज्राचार्यले सम्पादन गर्नुभएको हो ।
कार्यक्रममा शास्त्रीय संगीतकार प्रभुराज ढकालले संगीतको मुख्यविन्दु शास्त्रीय संगीत भएको बताउनुभयो ।

प्रकाशित : बुधबार, कार्तिक ०८, २०७४१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ध्रुवसत्यको ‘कैरन’ मा मिथक शैलीको जादु