व्हाट्सऐप प्रयोगकर्ताको लागि खुसीको खबर, यस्तो छ नयाँ फिचर

एजेन्सी, शोसल साइटको अर्को लोकप्रिय एप हो व्हाट्सऐप । आजभोलि यसको प्रयोगकर्ताहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् । प्रयोगकर्ता धेरै भएकोले व्हाट्सऐपले लगातार नयाँ-नयाँ अपडेटहरु ल्याईरहेको छ । व्हाट्सऐपले फेरी अर्को नयाँ फिचर थप्दै छ । उक्त फिचरले काम गर्छ या गर्दैन भनि आईओएसको बीटा भर्जनमा टेस्ट भइरहेको  छ । व्हाट्सऐपले ग्रुप अडियो-भिडियो कलिङको टेस्ट गर्दै छ ।

यो फिचर रमाइलो हुनुका साथै  तनाव दिने पनि हुनसक्ने सम्भावना रहेको छ  । “वबेटैण्फो” को रिपोर्ट अनुसार यो नयाँ अपडेट पछि व्हाट्सऐपमा ग्रुप कलिङको फिचर हुने र ग्रुपको मेम्बर अर्को कलमा व्यस्त छ कि छैन भनेर पनि हेर्न मिल्ने सुविधा हुनेछ । यो फिचर बाहेक व्हाट्सऐप एण्डरोएडको बीटा भर्जनमा अर्को फिचरको टेस्ट गर्दछ । जुन सफल भएपछि व्हाट्सऐप ग्रुप एडमिनलाई पहिलेको भन्दा धेरै पावर मिल्नेछ । नयाँ अपडेटपश्चात व्हाट्सऐप ग्रुप एडमिनसँग ग्रुपको मेम्बरलाई ग्रुपको सब्जेक्ट, आइकन र डिस्क्रिप्शन परिवर्तन गर्न दिने अधिकार हुन्छ । तर सबैले भने परिवर्तन गर्न पाउने छैनन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०७, २०७४१६:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धेरै पढे धेरै बाचिने, यस्तो भन्छ वैज्ञानिक अनुसन्धान…