फेसबुकले नयाँ फिचर ल्याउदै, अब टाइमलाइनमा समाचार नदेखिने

एजेन्सी, अत्यधिक रुपमा प्रयोग गरिने फेसबुक  सोसल साइटहरुको प्रथम श्रेणीमा पर्दछ । संसारभरिका मानिसहरु यसको प्रयोग गर्ने गर्दछन् । केहि समय देखि फेसबुकले नयाँ अपडेटहरु निकाल्दै जानुका साथै  बिस्तारै फाइदा कमाउने नयाँ उपायहरु लगाउदै गएको छ । हालै फेसबुकले ६ देशमा नयाँ फीचरको टेस्ट गरिरहेको छ । यो फीचर टेस्ट सफल हुने बित्तिकै अब तपाईले आफ्नो टाइमलाइनमा आफ्नो साथीहरुको पोस्ट मात्र देख्न सक्नु हुनेछ ।

यदि आफुले लाइक गरेको पेजको न्यूज आफ्नो टाइमलाइनमा देख्न चाहनुहुन्छ भने तपाई फेसबुकको “Explore feed” मा जानु पर्ने हुन्छ । फेसबुकको यो नयाँ फीचरको टेस्ट श्रीलंका, बोलीविया, स्लोवाकिया, सर्बिया, ग्वाटेमाला र कंबोडियामा गरिरहेको छ । तर यो फिचर विश्वव्यापी रुपमा कहिले लन्च हुन्छ यसको जानकारी भने उपलब्ध गरिएको छैन ।

पब्लिशर्सले के गर्ने ?

फेसबुकले ल्याएको यो नयाँ फिचरले सबैभन्दा धेरै घाटा मीडिया हाउस र पब्लिशर्सलाई हुने देखिन्छ । यदि यो फिचर  विश्वव्यापी रुपमा लन्च भयो भने आफ्नो आर्टिकललाई यूजर्सको टाइमलाइनमा देखाउनका लागि पब्लिशर्सले फेसबुकलाई पैसा तिर्नुपर्ने हुन्छ । त्यस पश्चात मात्र न्यूज या आर्टिकल विज्ञापनको रुपमा यूजर्सको टाइमलाइनमा देखिने छ ।

 

प्रकाशित : मङ्गलबार, कार्तिक ०७, २०७४१४:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

व्हाट्सऐप प्रयोगकर्ताको लागि खुसीको खबर, यस्तो छ नयाँ फिचर