५४ वर्ष अगाडी अन्तरिक्षमा बिरालोलाई यसरी पठाईएको थियो-[भिडियो सहित]

एजेन्सी – ५४ वर्ष अगाडी अर्थात् अक्टूबर १९६३ मा एक बिरालोले अन्तरिक्षमा गएर जुन कीर्तिमान हासिल गरेको थियो त्यो कुरालाई आज अधिकांश मानिसहरुले बिर्सीसकेका छन्। यद्यपि अन्तरिक्षमा गएका पहिलो मानिसहरु ‘नील आर्मस्ट्रांग’ र ‘एडविन एड्रिन’ को नाम भने कसैले बिर्सिदैनन्।  तर मानव कल्याणको यस बिरालोको योगदान भने हामी सबैले बिर्सिएका छौ

त्यसैले केहि मानिसहरुले  मात्रै यसको बारेमा जानकार छन्  । यो कुरा फ्रान्सको मानिसलाई अमुल्य रहेको छ । खबर अनुसार दर्जनभन्दा बढी बिरालोहरु मध्ये यस बिरालो सबैभन्दा फरक र सबैभन्दा उपयुक्त पाइएको थियो । त्यसैले फ्रान्सको एजेन्सीले यसलाई अन्तरिक्षमा पठाउनको लागि छानेका थिए।

 

अन्तरिक्षमा पठाउन छानिएको यस बिरालोको नाम ‘फेलीसेट’ हो । ५४ वर्षअघि १९६३ मा फ्रान्सको एजेन्सीले यस बिरालोलाई पहिलोपटक अन्तरिक्षमा पठाएको थियो । सबैले यस्तो कीर्तिमान हासिल गर्ने बिरालोको योगदान बिर्सेको भन्दै यस बिरालोको सम्झनामा पेरिसले एउटा मूर्ति बनाउने घोषणा गरेको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०७, २०७४१४:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो ठाउँ जहाँ विवाहित महिलाले दिनमा एक ग्लास मात्र वाइन पिउन पाउने