अधिकम मानिसहरुलाई प्राय जसो छिटो-छिटो पिसाब लाग्ने गर्दछ । सामान्यतया बढी मात्रामा पानी, चिया–कफि पिउदा धेरै पिसाब लाग्ने गर्छ तर यो केहि मानिसहरुलाई जटिल समस्या पनि हुन सक्छ। के कारणले पिसाब छिटो लाग्दो रहेछ जानी राखौं ।
१. पत्थरिया : यदी मानिसको किड्नीमा पत्थरिया छ भने पनि पिसाब छिटो लाग्ने गर्दछ । किड्नीमा भएको पत्थरियाको कारण यसले ब्ल्याडरमा दबाद पार्ने गर्छ र दबाबका कारण छिटो पिसाब गरौ जस्तो लाग्छ।
२. मधुमेह : मधुमेहको कारणले गर्दा पनि छिटो पिसाब लाग्ने हुन्छ। जब हामीमा सुगरको मात्रा बढ्छ तब हाम्रो शरीरले ग्लुकोजलाई पिसाबको माधेय्म बाट निकाल्ने हुदाले पटक पटक पिसाब लागि रहन्छ।
३. औषधि : यदी हामीले दिनहु औसधि सेवन गरिरा छौ भने पनि हामीलाई धेरै पिसाब लाग्ने गर्छ। औसधिले हाम्रो शरीरमा पिसाब बढी मात्रामा उत्पादन गर्ने भएकाले औसधि सेवनको बेलामा पिसाब लाग्नु सामान्य मानिन्छ।
४. युरिन ट्रेक्ट इन्फेक्सन : पटक पटक पिसाब लाग्नु युरिन ट्रेक्ट इन्फेक्सनले गर्दा पनि हुन सक्छ।
५. प्रोस्टेट ग्रन्थि : जब प्रोस्टेट ग्रन्थि बढ्छ तब यसले मुत्र नलीको बीचको भागलाई साँगुरो पार्दै लैजाने भएकोले पिसाब पुरा रुपमा निख्रेन नदिने भएकोले पटक पटक पिसाब लागि रहन्छ।
६. मद्यपान : धेरै अल्कोहलिक अथवा नशालु पेय पदार्थ पिउनाले पनि पटक पटक पिसाब लाग्छ र यो बेला जति पिसाब गर्यो त्यति राम्रो मानिन्छ।
७. सानो ब्ल्याडर : मानिसहरुमा सानो ब्ल्याडर अर्थात पिसाब जम्मा मुत्र थैली सानो आकारको भएमा पनि पिसाब पटक पटक लाग्न सक्छ ।
८. बढ्दो उमेर : बढ्दो उमेर संग- संगै ब्ल्याडरको नसाहरु, मम्स्पेसीहरु पनि कम्जोर हुदै जान्छन् र मुत्र थैली भरिएको पिसाब लागेको जस्तो आवास हुन्छ र पिसाब गर्न मन लाग्छ ।
पिसाब छिटो छिटो लाग्नु सामान्य मानिन्छ तर यसलाई हेलचेक्राई भने गर्नुहुन्न । समयमा नै चिकत्सकको सल्लाह लिनु पर्छ ।