१५ सय वर्ष पुरानो चीनको प्राचीन मन्दिर काठको टेकाको भरमा…

एजेन्सी, चीनको शाङ्सी प्रान्तमा रहेको करीब पन्ध्र सय वर्ष पुरानो यो मन्दिर पहिलो पटक देख्दा मन् झसङ्ग हुने गर्दछ। यो मन्दिर पर्यटकिय हिसाबले निकै नै महत्वपूर्ण र अनौठो आकर्षणका रुपमा रहेको छ । यो मन्दिर १५०० वर्ष पुरानो र ऐतिहासिक भएकोले गर्दा चीनमा यसको छुट्टै विशेषता रहेको छ।

पहाडको काखमा अप्ठ्यारोसँग टेको लगाएर उभ्याइएका यो मन्दिर हावाले हल्लाएर लडाउँला जस्तो देखिन्छ। तर यो विशेष प्रकारको बलियो र लच्किलो काठबाट बनाईएको हुनाले लामो समयदेखि नलडिकन बसेको छ । यो मन्दिर बिशेष गरि बौद्ध, ताओ र कन्फ्युसियसको स्थापत्य शैलीको मिश्रण गरि बनाईएको छ। यसले चीनको इतिहास र परम्परा झल्काउने गर्दछ।

 

प्रकाशित : आइतबार, कार्तिक ०५, २०७४१४:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी युवा जसको जेल परेपछि यसरी चम्कियो भाग्य