यी युवा जसको जेल परेपछि यसरी चम्कियो भाग्य

एजेन्सी – कसको भाग्य, कहिले, कुन समय र कसरी बदलिन्छ यो कसैलाई थाहा हुदैन । हो यस्तै भएको छ अमेरिकाको दक्षिणपूर्वी क्षेत्र उत्तर क्यारोलिनाका एक युवकको जीवनमा पनि । २० बर्षको मेखी अलान्टे लक्कीको भाग्य पनि जेल परेपछि बदलिएको छ ।

सबैलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ २०१६ अप्रिलमा चोरीको आरोपमा प्रक्राउ परेका मेखी धेरैपटक  चोरीको आरोपमा जेल परेका थिए । तर अहिले भने उनको भाग्य चम्किएको छ । उनलाई अहिले इन्स्टाग्राममा दुई लाख भन्दा बढीले पछ्याएका छन् । मानिसहरुले उनलाई चर्चित मोडलको रुपमा चिन्ने गर्छन ।  मेखी  मोडलिङ जगतमा एक  चर्चित अनुहार बनेर उदाएका छन् ।

मेखीलाई  प्रक्राउ गरेपछि प्रहरीले उनको  तस्बिरलाई  सोसल मिडियामा भाइरल  गरेका हुन् । उनको फरक-फरक आँखा भएकोले उनको तस्बिर भाइरल भएको हो । तस्बिर भाइरल भएपछि ‘क्लायर’ को नजर मेखीमाथि परेको थियो। त्यसपछि उनलाई मोडलिङको लागि अफर गरिएको थियो । उनी अहिले सबैभन्दा चर्चित मोडलको रुपमा चिनिने गर्छन । उनलाई त्यो समय चोरीको आरोपमा प्रक्राउ गरेको भए पनि अहिले भने उनलाई कसैले चोर हो भनेर चिन्दैनन्।

प्रकाशित : आइतबार, कार्तिक ०५, २०७४१६:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शास्त्रीय मान्यता अनुसार कस्ता गुण भएकी युवती भाग्यमानी ?