पेट दुख्नु सामान्यतय ग्यास्ट्रिक मानिन्छ र खासै हामी ध्यान दिदैनौ । तर बिनाकारण पेटको फरक-फरक भागमा दुखाई भैरहेको छ भने यो कुनै खतराको संकेत हो। पेटका भिन्दा-भिन्दै भागहरु दुख्नुको कारणहरु यसप्रकार हुन सक्छन् ।
१. यदी पेटको बायाँ भागमा सधै दुख्छ भने यसले मृगौला सम्बन्धी समस्या निम्त्याउने छ जस्तै मृगौलामा पत्थरी जस्ता समस्याको संकेत हुन सक्छ। पानि अधिक मात्रामा पिउन र चिकित्सकको सल्लाह लिन आवशेक छ ।
२. यदी पेटको दायाँतर्फ निरन्तर दुखि रहन्छ भने यो जटिल हुन सक्छ । दया पेट द्ख्नु भनेको अपेंडिसाइटिस हुनुको लक्षण मानिन्छ।
३. यदी पेटको बीचमा लगातार दुख्छ भने यो ग्यास्ट्रिक, अम्लीयता र अल्सरको इशारा हुन सक्छ।
४. यदी पेटको माथि र छातीको ठिक तल दुख्छ भने एसिडिटीले गर्दा हुन सक्छ। यस्तो बेलामा एक गिलास चिसो दुध वा एक टुक्रा अदुवा खानुहोस ।
५. यदी पेटको तल्लो भागमा दुख्छ भने यो मुत्रनालिमा इन्फेक्शन तर्फ इशारा गर्छ । सामान्यतय महिलाहरुमा भने महिनावारीको बेलामा तल्लो पेट दुख्ने गर्छ ।