विचित्रको यो संसारमा अनेकौं रहस्यमय कुराहरु अवस्थित छन् कुनै रोचक छन् भने त कुनै मन कमाउने भयावह खालका छन् ।
यस्तै एउटा डरलाग्दो रहस्यमयले भरिएको एउटा ओकिघार फरेस्ट नामको जंगल जापानको माउन्ट फुजीनजिकै अवस्थित छ। यो जंगल निकै नै भयानक, घना र डरलाग्दो देखिन्छ र यो जंगलमा सूर्यको एक किरण पनि देखिदैन । यहाँ अहिले मानिसहरु जान डराउछन् किनकी सन् १९५० देखि अहिलेसम्म यो जंगलमा करिब ५०० भन्दा धेरै मानिसले आत्महत्या गरिसकेका छन् र जति पनि मरे प्राय: जसो ले झुण्डिएर आत्महत्या गरेक थिए।
त्यसैले यो जंगलको सुसाइड जंगलको रूपमा कुख्यात छ र भनिन्छ यो जंगल मा जाने मानिस फर्केर कहिले आउँदैनन् ।