मानव जातिमा हस्तरेखाहरुको पनि निकै महत्तो रहेको पाइन्छ। हाम्रो हत्केलामा विभिन्नखाले रेखाहरु हुन्छन् जसको ज्योतिषशास्त्र अनुसार छुट्टा- छुट्टै विशेषता रहेको हुन्छ र यीनै रेखाहरुले हाम्रो जीवनमा धेरै कुराहरु निर्धारण गर्न सक्ने पनिं बताएका छन् । हाम्रो हत्केलामा हुने भाग्य रेखा,जीवन रेखा र हृदय रेखा जस्तै अर्को एउटा महत्तोपूर्ण मानिने रेखा छ जुन क्रस (x)आकारमा हुन्छ। सबैको हातमा नहुने कसैको हत्केलामा मात्र हुने यो क्रस (x) को चिन्ह हत्केलामा भए सुभ-अशुभ के हुन्छ जानी राखौं ।
- यदी यो (x) चिन्ह माझी औंलाको मुनितिर अर्थात् फेदमा छ भने त्यस्तो व्यक्तिलाई अनेकौं समस्याहरु आइलाग्छ, दुर्घटनामा पर्ने पनि धेरै सम्भावना भएकोले गर्दा सवारीसाधनमा निकै ध्यान दिनु जरुरि छ।
- यदी यो (x) चिन्ह माझी औंलाको फेदमा भएर पनि भाग्य रेखालाई छोएको छैन भने खतराको सम्भावना कम हुने तर अल्छीपन, उत्साहहीन र निराशावादी भैरहने हुन्छन्।
- यदी यो (x) चिन्ह चोर औंलाको मुनितिर अर्थात चोर औंलाको फेदमा भए देखि त्यस्तो व्यक्तिलाई जीवनमा धेरै असफलता र कस्ट प्राप्ति हुन्छ।
- यदी यो (x) चिन्ह हत्केलाको मध्यभागमा छ भने त्यस्तो व्यक्तिहरु एकदम रिसाहा हुने र धेरै सत्रु कमाउने हुन्छन्।
- यदी यो (x) चिन्ह बूढी औंलाको फेदमा भए देखि त्यस्तो व्यक्तिहरुलाई साथीहरुले सहयोग नगर्ने र प्रेममा धोका पाउँछन्।