पैतलामा भएका रेखाबाट थाहा पाउन सकिन्छ आफ्नो भविष्य र स्वभाव: समुन्द्र शास्त्र

ज्योतिष शास्त्रले हातका हस्तरेखा हेरेर भविश्य हेर्न सकिने त सबैलाई नै थाहा होला तर अहिले समुन्द्र शास्त्रले हातका रेखा मात्र नभईकन शरीरका विभिन्न भागका बनोटको आधारमा र त्यहाँ भएका रेखाका अधारमा मानिसको स्वभाव र भाग्य बताउन सकिने दाबी गरेका छन्। समुन्द्र शास्त्र अनुसार रेखा चाहे हातको होस या खुट्टाको स्वभाव र भाग्य दुबै हेर्न मिल्ने जनाएको छ । खुट्टामा कस्तो चिन्हले कस्तो प्रभाव पार्छ यस प्रकार रहेको छ।

१. यदी खुट्टाको कान्छी औंलाको फेंदबाट माथितिर गएको रेखा छ भने त्यस्ता ब्यक्तिहरु भाग्यमानी, धनी, समाजमा प्रतिष्ठित हुनुको साथै भोगी र विलाशी पनि हुन्छन्।

२. यदी पैतालाको मध्य भागमा गोलो आकारको आकृति छ भने त्यस्ता ब्यक्तिहरु धनि हुन्छन्  धन कमाउनकै लागि धेरै मिहिनेत गर्न नपर्ने शास्त्रले  बताउछ।

३. यदी पैतालामा त्रिशुलको चिह्न भए देखि त्यस्ता ब्यक्तिहरु सरकारी जागिरमा उच्च पद प्राप्त गर्न सक्ने र निक्कै भाग्यशाली हुन्छन् ।

४. यदी पैतालाको बुढी औंलाको मुनि स्वस्तिक चिन्ह छ भने त्यस्ता ब्यक्ति निकै महान् हुने र विश्वले चिन्ने काम गर्ने खालका हुन्छन्।

५. यदी पैतालाको बीच भागमा अर्धचन्द्राकरको रेखा छ भने त्यस्ता ब्यक्ति धनी भए पनि धनको मतलब नराख्ने खालका हुन्छन् ।

६. यदी पैतालामा अंग्रेजी अक्षर (T) आकारको रेखा छ भने त्यस्ता ब्यक्तिहरुलाई ब्यापारमा निकै लाभ लिन सक्ने हुन्छन् ।

प्रकाशित : शुक्रबार, कार्तिक ०३, २०७४१३:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आइतबारको दिन सूर्य पूजा गर्दा यी दुई मन्त्रको गरि यसरी बढाउनुहोस् आफ्नो मान-सम्मान