रगतबाट बिजुली निकाल्न सकिने, भयो यस्तो नयाँ आविष्कार ! कसरी निस्किछ बिजुली ?

एजेन्सी – रगत जीवजन्तुहरुको शरीरमा पाइने अमूल्य रातो तरल पदार्थ हो। रगतले शरीरको कोषहरुमा अति-आवश्यक पदार्थहरु जस्तै पोषक तत्व र अक्सिजन पुराउने काम गर्छ ।

यो अमूल्य रगतबाट अब बिजुली पनि निकाल्न सकिने जेनेरेटरको अविस्कार भईसकेको चिनी वैज्ञानिकहरुले बताएका छन् । यो उर्जा उत्पन्न गर्नका लागि चीनको फुडन विश्वविद्यालयका शोधकर्ताहरुले एक मिलिमिटरभन्दा पनि कम मोटाईको पातलो ट्यूब फाइबर प्रयोगमा ल्याईनछ । जसले रक्त बाहिकामा बिजुली उत्पन्न हुनका लागि मदत्त पुराउने छ । फाइबर शेपड फ्लूडिक न्योनोजेनेरेटर (एफएफएनजी)लाई इलेक्ट्रोड्ससँग जोडेर नुन-पानीको मिश्रणमा डुबाइन्छ र शोधको क्रममा एफएफएनजी र घोलको सापेक्षित गतिका कारण बिजुली उत्पन्न हुन्छ ।

उक्त उत्पन्न बिजुली अन्यबाट निकालिएको बिजुली भन्दा बीस गुणा बढी हुने वैज्ञानिकहरुले दाबी गरेका छन् ।

प्रकाशित : बिहिबार, कार्तिक ०२, २०७४१८:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विचित्रको जंगल जहाँ गएका मानिस कहिले फर्किदैनन् , कारण थाहा पाउँदा सबै भयावहित