एजेन्सी – कार्तिक २ गते देखि दिपावली सुरु हुदैछ । यो दिन घरबाट गरिबी हटाउनको लागि दिपावलीको पर्वमा माता लक्ष्मी र भगवान गणेशको विशेष पुजा गरिने गरिन्छ । यदि तपाई यस वर्ष माता लक्ष्मीलाई तपाइको घर भित्राउन चाहनुहुन्छ भने लक्ष्मी पुजा गर्नुभन्दा पहिले धर्मशास्त्रमा उल्लेखित गरिएको यी चार कुराहरू पूरा गर्नु पर्नेछ । यसले तपाईको घरमा सकारात्मक ऊर्जा सिर्जना गर्नेछ। साथै माता लक्ष्मीलाई तपाइको घर तर्फ अकर्षित गर्नेछ र तपाईको आगामी वर्ष खुशीयालीले भरिनेछ।
१. आफ्नो घरको मुख्य प्रवेशद्वारलाई पानीले सफा गर्नुहोस। यदि ढोका फलामको हो भने त्यसलाई फेरी रंग गरेर सिन्दुरले स्वास्तिलकको चिन्ह बनाउनुहोस ।
२. यदि घरको भित्ताहरुको प्लास्टर बिग्रिएको छ भने यसलाई पुन: मर्मत गर्नुहोस्। विशेष गरि भान्सा र सुत्ने कोठा सफा गर्नुहोस।
३. यदि तपाईको कुनै पनि ऋण छ भने यसलाई सकेसम्म छिटो तिर्ने प्रयास गर्नुहोस । धर्मशास्त्रका अनुसार जसको घरमा ऋण हुने गर्छ उसको घरमा लक्ष्मीको बास हुदैन।
४. यदि तपाईको घरको छतमा फोहोर जम्मा गरिएको छ भने त्यसलाई छिटै हटाउने प्रयास गर्नुहोस । छत सफा राख्दा तनाब कम हुने गर्छ।