यसैदिन बिहान यमराजको द्वारपालका रुपमा कुकुरलाई पूजा गरेर माला लगाई विशेष श्रद्धाका साथ मीठो–मीठो खान दिइन्छ । धार्मिक मान्यता अनुसार भगवान कृष्णले यस दिन नरकासुरको वध गरेर बन्दी बनाईएका १६ हजार कन्याहरुलाई रिहा गरेका थिए। यिनी कन्याहरुको अनुरोधमा भगवान श्री कृष्णले यी सम्पूर्ण कन्याहरुलाई पत्नीको दर्जा दिएका थिए। नरकासुरको बध गर्नको लागि रुक्मिणीले पनि श्रीकृष्णलाई सहयोग गरेकी थिईन। त्यसैले यस चतुर्दशीलाई रूप चतुर्दशी पनि भन्ने गरिन्छ।
नरक चतुर्दशीको दिन साँझमा एउता चार ओटा मुख भएको दियो बालेर घर बाहिर मैरी तथा आँगनीमा अर्थात् घर बाहिर राख्ने गरिन्छ। दियोमा एक कौडा र सिक्का पनि राख्ने गरिन्छ।
यस दिन बालिने दियोको उज्यालोले दीपले पितृहरुलाई आफ्नो लोक जाने बाटो देखाउने र। यसले गर्दा पितृहरु प्रसन्न हुने, पितृहरुको प्रसन्नताबाट देवता र देवी लक्ष्मी पनि प्रसन्न हुने मान्यता रही आएको छ ।
चतुर्दशीमा बालिने दियोलले सन्तान सुखमा आउने बाधा व्यवधान दुर हुन्छ भन्ने मान्यता छ। यसले वंशको वृद्धि पनि हुन्छ।