आज १९ वर्षपछि पहिलो पटक पञ्च शुभ योग बन्दै , यस्ता सामग्री किने लाभदायक

हरेक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी अथवा काग तिहारका दिन कार्तिक कृष्ण त्रयोदशी  ( धनवन्तरी त्रयोदशी ) मनाउने चलन रहेको छ । यो दिन आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो र यो दिनमा नयाँ- नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ ।

यो दिन किनेको सामान दीर्घायु हुने बिश्वास हिन्दु धर्मावलम्बीहरुमा  रहेको छ । आज अर्थात आश्विन ३१ मा पाँच शुभ योग बन्ने हुनाले यो दिन अत्यन्त सुभ मानिन्छ । कार्तिक कृष्ण त्रयोदशीमा पूजा गर्ने यो पटकको शुभ साइत साझ ६:४५ देखि ७:०१ सम्म रहेको छ । फेरि अर्को सुभ-साइत राति ७:४५ बाट ८:०१ सम्म रहेको छ ।

धनतरेस

आज (कार्तिक कृष्ण त्रयोदशी) का दिन सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतरेससमेत भनिने भोलिको दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन छ ।  १९ वर्ष पछि एकपटक पाँच सुभ योग बन्न लागेको हुनाले यो पटक धनवन्तरी त्रयोदशी विहानदेखि अबेर रातसम्म मंगलकारी र लाभदायक रहने छ ।

फोटो – अनुप प्रधान

प्रकाशित : सोमबार, असोज ३०, २०७४१७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु, के गरेमा लक्ष्मी स्थिर भई बस्छिन् ?