एजेन्सी, सामान्यतया मन्दिरमा भगवानको पूजा गरिन्छ यो कुरा सबैलाई थाहा नै छ। तर मन्दिरमा मानिसको जुत्तालाई पूजा गरिन्छ भन्दा अचम्म लाग्न सक्छ। भारतको कोलकत्तास्थित श्रीधर राय रोडमा सन् २००१ मा अमिताभका फ्यान सञ्जय पटौदियाले मन्दिर बनाएका थिए। तर उक्त मन्दिर भगवान या कुनै मुर्तिको लागि नभएर बलिउडका महानायक अमिताभ बच्चनको जुत्ता र कुर्सी पूजा गर्नका लागि बनाएका थिए ।
हाल पनि यस मन्दिरमा दिनमा ६ मिनेटको आरती लगाईन्छ र अमिताभको जुत्ता र कुर्सीको पूजा गरिन्छ। यो मन्दिरमा भएको जुत्ता अमिताभले ‘अग्निपथ’ चलचित्रमा लगाएका थिए भने कुर्सी चाहिँ अक्स मुभीमा अमिताभले बस्नका लागि प्रयोग गरेका थिए। अमिताभका फ्यान सञ्जयको आग्रहपछि अमिताभले कुर्सी र जुत्ता पठाइदिएका थिए जुन अहिले पनि यस मन्दिरमा पूजा गरिन्छ।