एजेन्सी – स्विट्जरल्याण्डको नालीहरुमा वैज्ञानिकले ढललगायत नालीको पानीट्रीटमेट प्लटबाट करिब ४३ किलो सुन र ३ टन चाँदीका बहुमूल्य धातुहरु निकालिएका छन् । वैज्ञानिकका अनुसार देशको धडी निर्माण उद्योग र सुन रिफाइन गरिने ठाउँबाट सुनचाँदीको टुक्रा बगेर नालीको पानीमा जानेगर्छ ।
यो खुलासा स्विस फेडरल अफिस फर एनवायरमेटको एक अध्ययनबाट पत्ता लागेको हो । यस एजेन्सीले देशभरि कै ६४ ट्रीटमेन्ट प्लटहरुको अनुसन्धान गरेको थियो । केहि ठाउँहरुको ट्रीटमेन्ट प्लटहरुमा सुन बढी मात्रामा भेटिएको थियो ।दक्षिणी स्विट्जरल्याण्ड जहाँ अत्यधिक सुन रिफाइन गरिन्छ । त्यहाँको नाली तथा ढलहरुबाट पनि बढी मात्रामा सुनचाँदी निकालिएको गरिएको थियो ।