एजेन्सी – गत वर्ष जापानी ब्राण्ड किन्नेमाई प्रिमियमले विश्वको सबैभन्दा महँगो चामल उत्पादन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको थियो । यस चामलको मूल्य प्रतिकेजी रु १ सय ४८ डलर अर्थात् १५ हजार रुपैया रहेको थियो । सिंगापुर विश्वकै सबैभन्दा महँगो शहर भएकोले किन्नेमाई प्रिमियमले सिंगापुरलाई धेरै प्राथमिकता दिईएको छ । किन्नेमाई प्रिमियमले यो चामलको उत्पादन पहिलो पटक जापानबाट अरु देशहरुमा पनि विस्तार गर्दैछ।
सिंगापुरमा विस्तार सुरु गरिएको विश्वकै महँगो चामल १४० ग्रामको लागि रु १४८ डलर पर्ने गरि उपलब्ध गरिएको छ ।
विश्वकै महँगो यो चामलमा कोशिची र पिकामारुसहित पाँच चामलको मिश्रण गरिएको छ। साथै यसमा नागानो निगाटा गुणहरुको पनि मिश्रण गरिएको छ ।