सानै उमेरमा कपाल फुलेको छ भने अपनाउनुहोस यस्ता ५ उपायहरु !

एजेन्सी, बुढेसकाल लाग्दै गएपछि कपाल फुल्नु सामान्य मानिन्छ । तर सानै उमेरमा कपाल फुल्यो भने त्यो चिन्ताको विषय बन्छ । अस्वस्थकर खाना, बिग्रदो जीवनशैली र बढ्दो तनावका कारण कम उमेरमै कपाल फुल्ने समस्या हुने गर्दछ ।

कपाल किन सेतो हुन्छ ?

कपालको जराहरुमा अनेक किसिमका पिग्मेन्टहरु हुन्छन् । ति मध्ये मेलेनिन नामक पिग्मेन्टले कपाललाई कालो बनाउने काम गर्छ र यो मेलेनिनको  कमि भएपछि कपाल सेतो हुन थाल्छन् ।

मेलेनि किन घट्छ ?
अस्वस्थकर खाना, बिग्रदो जीवनशैली, बढ्दो तनाव र वातावरण प्रदूषणका कारण कपालमा हुने मेलेनिनको कमि हुदै जान्छ ।

प्राकृतिक तरिकाले कसरी कालो बनाउने ?
१) सातवटा करी पात सर्स्युको तेलमा हालेर उमाल्नुस र केहिबेर उमाल्नुस।  हल्का सेलाएपछि टाउकोमा लगाएर मालिस गर्नुहोस् ।
२) नरिवलको तेलमा बराबर भृंगराज र अश्वगन्धाको धूलो मिसाउनुस् र राती सुत्नु घि यसले १० मिनेट जति मालिस गर्नुहोस् ।
३) गाईको घिउ हप्ताको तीनपटक कपालको जरामा लगाउनुहोस् र १५ मिनेटपछि स्याम्पूले कपाल पखाल्नुहोस् ।
४) कागतीको रसमा अमलाको धूलो हालेर कपालको जरामा लगाउनुहोस् र १५ मिनेटपछि स्याम्पू लगाएर राम्ररी  पखाल्नु होस् ।
५) जैतूनको तेल हल्का तताएर त्यसमा कपूर हाल्नुस र  कपालको मालिस गर्नुस । १५ मिनेटपछि स्याम्पू लगाएर कपाल पखाल्नु होस् । माथि उल्लेख गरिएका यी सबै घरेलु उपायहरु एक हप्तादेखि दुई हप्तासम्म प्रयोग गर्दा लाभदायी हुने छ ।

 

प्रकाशित : बिहिबार, असोज २६, २०७४१७:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरमै बसी कपाल बाक्लो बनाउनका लागि अपनाउनुहोस् यी ६ घरेलु उपायहरु