२०१९ मा ५ जी नेटवर्क लन्च हुने ।

एजेन्सी – स्मार्टफोनको प्रोसेसर बनाउने कम्पनी क्वालकमले जनाएको छ कि फोनमा इन्टरनेट को गति बडाउनको लागि कयौँ वर्ष देखि माग गरिएको थियो । त्येसैले अब २०१९ मा ५ जी नेटवर्क लन्च हुने भएको छ । अहिले भने नेपाल तथा भारतमा ४ जी टेक्नोलोजी प्रयोग गर्ने गरिन्छ ।

क्वालकमका सीईओ स्टीवन मोलेनकफले फ्रैंक किट मोटर शोको समयमा भनेका थिए, सन् २०१९ वर्षमा पहिलो पल्ट ५ जी  नेटवर्क प्रयोगमा आउने छ । जानकारी अनुसार फोनहरुमा ५ जी टेक्नोलोजी २०२० सम्म लन्च भइसक्ने छ ।टेक्नोलोजी जगतका बिज्ञका अनुसार सबै भन्दा पहिला यो टेक्नोलोजी दक्षिण कोरिया र जापानमा लन्च हुन सक्ने सम्भावना छ।

प्रकाशित : बिहिबार, असोज २६, २०७४१४:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नासाको अन्तरक्ष मिशन ठप्प हुन सक्ने, रुसलाई फाइदा