एजेन्सी – नासाको लागि प्लूटोनियम २३८ ( पीयू २३८ ) तत्वको अपेक्षित आवश्यकतालाई पुरा गर्नको लागि अमेरिकी सरकारले धेरै चुनौतीहरुको सामना गरिरहेको छ । पीयू २ सय ३८ को प्रयोग रेडियोसेटोप पावर सिस्टममा डीप स्पेस मिशनको लागि गरिने गरिन्छ जहाँ सौर्य शक्ति वा अन्य ऊर्जाको स्रोत उपलब्ध हुदैन ।
यो प्रणाली प्लूटोनियमको क्षरणबाट उत्पन्न गरिएको ऊर्जा बिजुलीमा बदल्ने गर्दछ । नासासँग पर्याप्त प्लूटोनियमको अभाव भएकोले नासाको अनुसन्धान अभियानहरुलाई धक्का लाग्न सक्छ जसले गर्दा रुस यस कार्यमा अगाडी निस्कन सक्छ। ।