विश्वकै सबैभन्दा अग्लो लिफ्टको रेकर्ड तोड्दै चीनले रच्यो अर्को किर्तिमानी !

एजेन्सी, प्रविधि र निर्माण जगतमा सबैभन्दा अगाडि रहेको चीनले फेरी अर्को नयाँ किर्तिमान रचेको छ । विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्टको निर्माण गरेर पुरानो वर्ल्ड रेकर्ड तोड्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो देशको नाम थपेको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड बमोजिम यो लिफ्टको उचाइ ३२६ मिटर अर्थात् झण्डै १००० फिट अग्लो रहेको छ। उक्त लिफ्टमा ३ वटा डबल डेकर एलिभेटर लगाइएका छन् जसमा हरेक एलिभेटरले ४ हजार ९ सय किलो भार थाम्न सक्ने बताएका छन्। यो एलिभेटरको गति यति तिव्र छ की झन्डै १००० फिटको उचाईमा पनि यो सजिलै १ मिनेट ३२ सेकेण्डमा पुग्न सक्छ।

 

प्रकाशित : सोमबार, असोज २३, २०७४१२:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गधाले गाजर सम्झेर कार चपाएपछि गधा मालिकले दिए यस्तो जवाफ!