एजेन्सी – सबैलाई यो कुरा सुन्दा अच्चम लाग्न सक्छ जर्मनीको चर्चित तानाशाह अडोल्फ हिटलरले प्रयोग गरेका कटटु झन्डै ६० हजारमा बिक्रि भएको थियो । अडोल्फ हिटलरको कटटु अमेरिकामा ५५ सय डलरमा लिलाम भएको थियो ।
अडोल्फ हिटलरले प्रयोग गर्ने उक्त कटटु १९ इन्च लामो र कम्मर ३९ थियो । उनले प्रयोग गर्ने यस कटटुको दायाँ पट्टि उनको नाम अर्थात् अडोल्फ हिटलरलाई ए.एच ( A.H ) को सिम्बोलमा लेखिएको थियो ।
सन् १९३८ अप्रिल ३ र ४ तारिकमा हिटलर अष्ट्रियाको ग्राजस्थित पार्कहोटलमा हिटलर बास बसेका थिए । त्यति नै बेला उनले आफ्नो कटटु त्यस होटलमा छोडेका थिए । अहिले उनको सोहि कटटु अमेरिकी अलेक्जेन्डर हिस्टोरिकल अक्सन हाउसले ५ हजार ५ सय डलरमा बिक्रि गरेको छ ।