३ अर्ब ८० करोड डलरमा बिक्रि भयो यो दुर्लभ कचौरा

एजेन्सी, सन् २०१४ मा चीनको सांग राजवंशको पालाको एउटा कचौरा झन्डै ४ अर्ब रुपैयाँमा बिक्रि भएको छ । चिनियाँ माटोबाट बनेको यो कचौरा हंङकङमा १ हजार वर्ष पुरानो हो । निलो रंगको यो कचौरा १३ सेन्टिमिटरको रहेको छ ।

 १ हजार वर्ष पुरानो यो कचौरा खरिद गर्ने खरिदकर्ताले उक्त कचौरालाई झण्डै ३ अर्ब ८० करोड डलर मूल्यमा खरिद गरेका हुन् । सोथबे अक्सन हाउसका अनुसार, उक्त राजवंशको पालाको यो कचौरा लिलाममा राखेको २० मिनेटमा नै बिक्रि भएको थियो । खबर अनुसार यस कचौराको खरिदकर्ताले फोनबाटै बोली लगाई उक्त कचौराको खरिद गरेका थिए ।  यो कचौराका लागि सुरुवाती बोली नै १ करोड २ लाख डलर लागेको थियो । कचौरा किन्ने व्यक्तिको नाम भने गोप्य राखिएको स्रोतले जनाएको छ।

 

प्रकाशित : आइतबार, असोज २२, २०७४१३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउदी अरबका यी दम्पतीको तस्बिर बन्यो निकै विवादित, यस्तो छ कारण