एजेन्सी, बजारमा आफूलाई ठिक नहुने जुत्ता नपाउनु स्वभाविक नै हो । तर यदि संसार भरि नै पाईएन भने कस्तो होला ? अमेरिकाको वारचेस्टर सहरमा बसोबास गर्ने १९ वर्षकी एम्माको कहानी पनि यस्तै छ । एम्मा ५ फिट ५ इन्च अग्ली छिन् र उनको खुट्टाको साइज १४ नम्बरको छ । उनको खुट्टाको यो साइज सामान्य महिलाहरुको भन्दा दोब्बर हो ।
एम्माको अनुसार उनलाई ठिक हुने जुत्ता जर्मनीको एक ठाउँमा मात्र पाइन्छ। जहाँबाट उनले केही बर्षअघि ५ सय डलर मूल्य ५ जोर जुत्ता किनेकी थिइन्। उनले हालसम्म उक्त ५ जोर जुत्ताले नै काम चलाईरहेकी छिन्। उनको मात्र नभएर उनको परिवारका सदस्यहरुको पनि सामान्य मानिसहरुको भन्दा खुट्टाको साइज ठुलो रहेको छ ।