एजेन्सी- मेलबर्नका एक १५ वर्षीय शेरोन जेबरले आफु बिद्यालयमा अध्ययन गर्दा नै एक सन्तानलाई जन्म दिइ सकेकी थिइन । उनी १५ वर्षकै उमेरमा गर्भवती भएपछि सबैको व्यंग्यको सिकार बन्न पुगेकी थिइन् । उनलाई उनको परिवारले गर्भपतनको लागि धेरै जोड गरेपनि उनले भने आफ्नो सन्तानलाई जन्म दिने सुर कहिल्यै छोडिनन् ।
शेरोन जेबरले आफ्नो छोरीलाई जन्म दिई सकेपछि उनीमाथि धेरै प्रकारको प्रश्नहरु उठेका थिए । तर उनको प्रेमी रेमसेले भने उनको साथ कहिल्यै छोडेनन् । उनले ६ सन्तानलाई जन्म दिएपछि सन् २०११ मा प्रेमी रेमसेसँग विवाह गरेकी थिइन् । विवाहपछि यी जोडीको ८ वटा सन्तानहरु छन् । उनीहरु अहिले भने अनलाइन बिजनेस गर्ने गर्छन र यसैको कारण उनीहरु आज विश्वमा चर्चित छन् ।