एजेन्सी, एउटा आलुको तस्वीरलाई १२ करोड पर्छ भन्दा आश्चर्य लाग्न सक्छ। तर प्रख्यात आइरिस फोटोग्राफर केविन अबोसले सन् २०१० मा खिचेको यो सामान्य आलुको तस्वीर युरोपको एक व्यापारीले १ मिलियन युरोमा खरिद गरेका छन् ।
केविनले आफुलाई आलु निकै मनपर्ने र विभिन्न आलुहरुको तस्बीर लिएका मध्ये यो आलुको तस्बिर उनको निकै मनपर्ने तस्बिर भएको बताए । हालै खिचिएको उनको यो तस्बिर १ मिलियन युरोमा बिक्रि भएपछि चर्चित व्यक्तित्वहरुको लागि स्टाटस सिम्बोल बनेका यस तस्विरको महत्त्व निकै रहेको बुझ्न सकिन्छ।