एजेन्सी – जेमी किटन नाम गरेका एक अमेरिकी नागरिकले आफ्नो टाउकोमा बोतल तथा अन्य कुराहरु अड्काएर विश्व कृतिमानी राखेका छन्। उनिसँग यस्तो असाधारण क्षमता छ की उनले टाउकोले धातु तथा विभिन्न सामग्री एक चुम्बक झैँ तान्न सक्छ।
उनी बोतल टाउकेको नामले चर्चित छन् । यसै गरि उनमा यस क्षमता भएको हुनाले उनले गिनिज बुकमा नाम लेखाउन पनि सफल भएका थिए । उनी यस क्षमताको प्रयोग गरेर धेरै करतबहरु मानिसहरुलाई देखाएर हसाउने तथा उनीहरुलाई आफ्नो टाउकोमा पानीको बोतल टसाएर पानी पिलाउने गर्दछन् ।
चिकित्सकहरुको अनुसार जेमी किटनको टाउकोमा बोतलहरु र अन्य धातुहरु टाँसिनुको पछाडी उनमा छाला सम्बन्धि गम्भीर रोग रहको छ ।