एजेन्सी – पोखरामा आयोजित दसैँ महोत्सव तथा फूड फेस्टिबल चलिरहेको छ । पोखरामा आयोजित यस महोत्सबमा चर्चित कलाकारहरुको प्रस्तुति र ३०० व्यापारिक स्टल पनि रहने गरेको छ ।
दसैँ महोत्सव तथा फूड फेस्टिबलमा मंगलबारको दिन एउटा रोचक प्रतियोगिताको सुरुवात गरिएको थियो । यस अनौठो खेलमा सुरिलो बासमा तेल लगाएको हुन्छ । त्यसपछि जुन मानिस उक्त बासमा चढेर टुप्पोमा राखिएको भालेलाई समात्न सफल हुन्थ्यो उसले नै उक्त भाले पाउने नियम रहेको थियो ।